अमेरिकी डलरसहित अधिकांश विदेशी मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज बुधबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३४ पैसा कायम भएको छ । हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३६ पैसा थियो ।

युरो १ को खरिदर १६५ रुपैयाँ २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा छ । हिजो युरो १ को खरिदर १६६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६६ रुपैयाँ १९ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिदर १९० रुपैयाँ र बिक्रीदर १९० रुपैयाँ ८१ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिदर १९० रुपैयाँ ३६ पैसा र बिक्रीदर १९१ रुपैयाँ १७ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ७७ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिदर ९३ रुपैयाँ ५० पैसा र बिक्रीदर ९३ रुपैयाँ ९० थियो ।

त्यसैगरि आज कुवेती दिनार १ को खरिदर चार सय ६२ रुपैयाँ ७० पैसा र बिक्रीदर ४६४ रुपैयाँ ६५ पैसा छ । हिजो कुवेती दिनार १ को खरिदर चार सय ६३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४६५ रुपैयाँ ८४ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३७५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ५८ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३७६ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६४ पैसा थियो ।

  • २२ आश्विन २०८२, बुधबार ०७:०६ प्रकाशित