नेकपा एसले बोलायो सचिवालय बैठक : पार्टी एकताबारे छलफल हुने

केन्द्रभाग मिडिया

File photo

काठमाडौं।

नेकपा एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको छ । उपाध्यक्ष प्रकाश ज्वालाले असोज २४ गते केन्द्रीय सचिवालय बैठक बोलाइएको जानकारी दिए । उनका अनुसार सचिवालयपछि क्रमशः स्थायी कमिटी र पोलिटब्युरो बैठक बस्नेछ ।

‘सचिवालयले स्थायी, पोलिटब्युरो र केन्द्रीय कमिटीको बैठक मिति तय गर्छ’, ज्वालाको भनाइ छ । नेकपा एकीकृत समाजवादीले भदौ अन्तिम साता नै पार्टी कमिटीहरूको बैठक बोलाए पनि जेनजी आन्दोलनका कारण बस्न सकेको थिएन । एकीकृत समाजवादीको अघिल्लो सचिवालय बैठकले पार्टी एकताका लागि वार्ता नेता बेदुराम भुसालको नेतृत्वमा वार्ता कमिटी गठन गरेको थियो । अव बस्ने बैठकले पार्टी एकताबारे थप छलफल गर्ने सो पार्टीका नेताहरूले बताएका छन् ।

  • २१ आश्विन २०८२, मंगलवार १४:०६ प्रकाशित