गण्डकीका मुख्यमन्त्रीको निवासमा आगो लगाएको आरोपमा एक युवक पक्राउ

केन्द्रभाग मिडिया

पोखरा ।

गण्डकीका मुख्यमन्त्रीको सरकारी निवास आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

आगजनी गरेको आरोपमा रुपन्देही तिलोत्तमा नगरपालिका ४ घर भई हाल पोखराको राष्ट्रबैंक चोक बस्ने २२ वर्षका संयोजक थापालाई पक्राउ गरिएको कास्की प्रहरी सूचना अधिकारी हरिबहादुर बस्नेतले जानकारी दिए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको राष्ट्रबैंक चोकमा रहेको निवासमा जेनजी प्रदर्शन पछि असोज १२ गते पुनः आगजनी गरिएको थियो ।

उनले राष्ट्र बैंकको कम्पाउन्ड सडक छेउमा रहेको एनआइएमबीको एटिएम समेत तोडफोड गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

  • २१ आश्विन २०८२, मंगलवार १३:४७ प्रकाशित