सुनको मूल्यमा दिनदिनैं नयाँ रेकर्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली बजारमा आज (मङ्गलबार)पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले मङ्गलबार सुन तोलामा २ हजार तीन सय रुपैयाँले बढेको जनाएको छ ।महासंघका अनुसार मङ्गलबार छापावाल सुन प्रतितोला २ लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार प्रतितोला २ लाख ३३ हजार एक सय रुपैयाँ कायम थियो ।

यता, महासंघका अनुसार मङ्गलबार चाँदीको मूल्य स्थिर छ । सोमबार प्रतितोला दुई हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही कायम छ ।

  • २१ आश्विन २०८२, मंगलवार १२:३४ प्रकाशित