केन्द्रीय समिति विघटनपछि माओवादी सचिवालयको पहिलो बैठक सुरु

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रको सचिवालय बैठक सुरु भएको छ ।

केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको बैठकले जेनजी विद्रोहपछिको राजनीतिक अवस्था, पार्टी एकता तथा ध्रुवीकरण, महाधिवेशनको मिति तय, प्रतिनिधि छनोट कार्यविधि लगायत विषयमा छलफल हुने सचिवालय सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

असोज ९–१० गते सम्पन्न केन्द्रीय समिति बैठकले केन्द्रीय समिति विघटन गरी महाधिवेशन आयोजक समितिमा रूपान्तरण गरेको थियो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको संयोजकत्वमा आगामी मङ्सिर अन्तिम हप्ता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन भनिए पनि एकता महाधिवेशन पनि हुनसक्ने बताएका थिए ।

  • २० आश्विन २०८२, सोमबार १४:१६ प्रकाशित