सप्तकोशी नदीको बहाव निरन्तर रूपमा घट्दै, ४८ वटा ढोका खोलियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

अविरल वर्षा रोकिएसँगै सप्तकोशी नदीको बहाव निरन्तर रूपमा घटेको छ । सोमबार बिहान १०: ३० बजेको मापनअनुसार ३ लाख ४५ हजार १४० क्युसेकप्रति सेकेन्ड पानीको बहाव रहेको छ ।

प्रहरीका अनुसार अहिले ब्यारेजका ४८ वटा ढोका खोलिएका छन् । आइतबार बिहान भने नदीमा पानीको बहाव उच्च भएपछि खतराको सङ्केतस्वरुप रातो बत्ती बालिएको थियो भने रातो झन्डासमेत फहराइएको थियो ।

  • २० आश्विन २०८२, सोमबार १३:१९ प्रकाशित