देशभर यी १९ ठाउँमा सडक अवरुद्ध (विवरणसहित)

केन्द्रभाग मिडिया

फाइल तस्बिर

काठमाडौं ।

बाढीपहिरोका कारण देशभरका विभिन्न १९ ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार विहान ६ः४० बजेसम्म कोशीमा ८ र बागमतीमा ११ ठाउँमा सडक अवरुद्ध भएका हुन् ।

कोशीमा कोशी राजमार्ग, सिद्धीचरण राजमार्ग, मध्पहाडी लोकमार्ग, मेची राजमार्गका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध छ ।

यसैगरी बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग, मध्यपहाडी लोकमार्गहरु बन्द छन् । यसैगरी नेपाल–चीन जोड्ने सीमा सडक, कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं सडक खण्ड पनि पूर्णरुपमा अवरुद्ध छ ।

  • २० आश्विन २०८२, सोमबार ०८:१६ प्रकाशित