यी पाँच प्रदेशमा मेघ गर्जनसहित मध्यम वर्षाको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।
हाल देशमा मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानहरूमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ ।

आज राति कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

  • २० आश्विन २०८२, सोमबार ०७:३८ प्रकाशित