पाँचथरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको ज्यान गुम्यो, ६ जना घाइते

केन्द्रभाग मिडिया

पाँचथर ।

पाँचथरमा बोलेरो दुर्घटना हुँदा ६ जनाको ज्यान गुमेको छ । कुम्मायक गाउँपालिका ३ कात्तिके डाँडाबाट पहिरोमा परेर भएको दुर्घटनामा अरु ६ जना घाइतेलाई उद्धार गरी धरान पठाइएको जिल्ला प्रहरी कार्यालय, पाँचथरले जनाएको छ ।

ताप्लेजुङबाट धरान तर्फ जाँदै गरेको मे१ज ३०५५ नम्बरको बोलेरो गाडी दिउँसो दुर्घटना भएको थियो। दुर्घटनापछि स्थानीय र प्रहरीको सहयोगमा ६ जनालाई तत्काल उद्धार गरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी अनिशकुमार कर्णले जानकारी दिए ।

उनका अनुसारा घटनास्थलबाट शव निकाल्ने काम भइरहेको कर्णले बताए । ज्यान गुमाउनेको पहिचान खुलेको छैन । बोलेरो सडकबाट ५ सय मिटर तल खसेको थियो ।

  • १८ आश्विन २०८२, शनिबार १६:२९ प्रकाशित