काठमाडौं ।
लगातार वर्षाका कारण उत्पन्न आपत्कालीन अवस्थाको मूल्यांकन गर्दै सरकारले दुई दिनका लागि सर्वाजनिक बिदा घोषणा गरेको छ । १९ र २० असोज गरेर दुई दिन विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयहरूबाहेक नेपाल राज्यभर सार्वजनिक विदा दिने निर्णय भएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ ।
‘जल तथा मौसम विज्ञान विभाग तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार १८ देखि २० असोजसम्म देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको र हाल देशका विभिन्न भागमा वर्षासमेत भइरहेको हुँदा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ ।
यस अवधिभर अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन पनि मन्त्रालयले भनेको छ।















