पर्वत कारागारबाट फरार कैदीलाई एक साता भित्र फर्किन आदेश

नफर्किए आश्रय दिनेलाई समेत कारबाही हुने चेतावनी

केन्द्रभाग मिडिया

File photo

काठमाडौं ।

जिल्ला कारागार पर्वतले फरार भएका कैदीबन्दीलाई एक साता भित्र फर्किन भनेको छ ।

कारागार प्रशासनले फरार बन्दी खोजी तथा पक्राउ कार्यदल नै गठन गरेको छ । उक्त कार्यदलले सूचना निकालेर यस्तो आग्रह गरेको हो । एक साताभित्र नफर्किए आश्रय दिनेलाई समेत कारबाही हुने चेतावनी दिइएको छ ।

गत भदौ २४ गते जेनजीको प्रदर्शनका क्रममा कैदीबन्दी भागेका थिए । भागेका मध्ये आठ जना अझै नफिर्किएको सूचनामा उल्लेख छ ।सूचनामा उल्लेख भएअनुसार जवरजस्ती करणी सम्बन्धी कसुरका दोषी चार जना रहेका छन् । कर्तव्य ज्यानसम्बन्धी कैदी एक जना र सहकारी सम्बन्धी थुनुवा चार जना रहेका छन् ।

समयमै नफर्किए फरार कैदीबन्दीहरूलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कसूरदार ठानी प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

  • १४ आश्विन २०८२, मंगलवार ११:५५ प्रकाशित