काठमाडौं ।
हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सबै प्रदेशमा सामान्यतया बदली रहने छ ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने देखिएको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ ।
आज राती कोशी, मधेश र बागमती प्रदेशमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ भने बाँकी भूभागका एक-दुई स्थानमा पनि वर्षा हुने सम्भावना छ ।














