पोखरा ।
टी-२०आई सिरिजअन्तर्गतको दोस्रो खेलमा नेपालले वेस्ट इन्डिजलाई १७४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दुबईको शारजाह क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले आसिफ शेख र सन्दीप जोराको अर्थ सतकको मद्यतमा २० ओभरमा ६ विकेट गुमाएर १७३ रन बनाएको हो ।
ओपनर आसिफ शेखले ४७ बलमा अविजित सर्बाधिक ६८ रन बनाए । सन्दीप जोराले ३९ बलमा ६३ रन बनाए । कुशल भुर्तेल २, कप्तान रोहित पौडेल ३, कुशल मल्ल ७, आदिल आलम ११ र गुल्सन झा ६ रनमा आउट भए ।
बलिङमा वेस्ट इन्डिजका काइल मेयर्स र अकिल होसेनले २९२ तथा जेडियाह ब्लेड्सले एक विकेट लिए ।















