काठमाडौं।
भारतको तमिलनाडु स्थित नामक्कलमा अभिनेता विजय थलापतीको र्यालीमा भागदौड मच्चिएको छ। जसमा बालबालिकासहित कम्तीमा ३९ जनाको ज्यान गएको छ भने ९५ भन्दा बढी घाइते भएका छन्।
टिभीके (तमिलागा भेट्टी कझगम) का प्रमुख तथा अभिनेता विजयको र्यालीमा ठुलो संख्यामा मानिसहरू भेला भएका थिए। अभिनेताबाट राजनीतिज्ञ बनेका विजय भीडलाई सम्बोधन गरिरहेका थिए। केही मानिसहरू बेहोस हुन थालेपछि उनी भाषण रोकेर र्यालीबाट बाहिरिएका थिए । त्यसपछि थप भागदैड मच्चिएको थियो ।
विजयले घटनाबाट आफ्नो मुटु टुक्रेको र असहनीय पीडा र दुःखमा रहेको बताएका छन् । उनले मृत्यु भएकाहरूको परिवारप्रति गहिरो सहानुभूति र समवेदना व्यक्त गर्दै अस्पतालमा रहेकाको शीघ्र स्वास्थ्यलाभका निम्ति प्रार्थना गरेका छन् ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा एक पोस्टमार्फत घटनालाई दुर्भाग्यपूर्ण र अत्यन्तै दुःखद भनेका छन् ।















