सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च

केन्द्रभाग मिडिया

काठमाडौं ।
सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुनको भाउ तोलाको दुई लाख २३ हजार नाघेको छ ।

आज सुन तोलामा सात सय रुपैयाँले बढेर तोलाको दुई लाख २३ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । शुक्रवार सुनको भाउ तोलाको दुई लाख २२ हजार पाँच सय रहेको थियो ।

यसअघि सुनको उच्च भाउ गएको बुधवार तोलाको दुई लाख २३ हजार रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । चाँदीको भाउ तोलाको दुई हजार आठ सय १० रुपैयाँ पुगेर रेकर्ड बनाएको हो ।

  • १२ आश्विन २०८२, आईतवार ११:४७ प्रकाशित