पोखरा ।
आज आइतबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको विनिमयदर स्थिर छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४२ रुपैयाँ २६ पैसा छ । हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
त्यसैगरि आज युरो एकको खरिददर १६५ रुपैयाँ २६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९६ पैसा छ । त्यस्तै आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ८९ पैसा छ ।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ४३ पैसा र बिक्रीदर ९२ रुपैयाँ ८२ पैसा छ । त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६३ रुपैयाँ २७ र बिक्रीदर ४६५ रुपैयाँ २४ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ५१ र बिक्रीदर ४६५ रुपैयाँ ४७ पैसा थियो ।
आज बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३१ पैसा छ ।















