काठमाडौं ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशका पक्षमा बोल्नेलाई झोले आरोप लगाइने गरेको बताएका छन् । शनिबार भक्तपुरको गुन्डुमा राष्ट्रिय युवा संघले आयोजना गरेको दसैँ भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेक प्रकारका झुट भ्रमहरु फैलाइएको भन्दै उनले कसैले देशका पक्षमा बोल्यो भने सामाजिक सञ्जालमा झोले भनेर ट्रेन्ट चलाइने गरिएको उल्लेख गरे ।
‘सामाजिक सञ्जालको दुरुपयोग गरेर अनेक प्रकारका झुट भ्रमहरु फैलाइएको छ । कसैले देशका पक्षमा बोल्यो कि झोले भनेर ट्रेन्ड चलाइदिने गरिएको छ । कसैले देशको पक्षमा बोल्यो भने झोलेको आरोप लगाइन्छ’ उनले भने ।














