पोखरा ।
आज शुक्रबार सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रुपैयाँ १७ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा थियो ।
त्यसैगरि आज युरो एकको खरिददर १६६ रुपैयाँ २४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ९४ पैसा छ । हिजो युरो एकको खरिददर १६६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा थियो ।
त्यस्तै आज पाउन्ड एकको खरिददर १९० रुपैयाँ १७ पैसा र बिक्रीदर १९० रुपैयाँ ९८ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १९० रुपैयाँ ६५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४६ पैसा थियो ।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ २५ पैसा र बिक्रीदर ९३ रुपैयाँ ६५ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९१ पैसा थियो ।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६३ रुपैयाँ ५१ र बिक्रीदर ४६५ रुपैयाँ ४७ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४६४ रुपैयाँ ७५ र बिक्रीदर ४६६ रुपैयाँ ७२ पैसा थियो ।
आज बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०६ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १७ पैसा थियो ।















