आज पहिलो पटक राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्की

केन्द्रभाग मिडिया

काठमाडौं ।

प्रधानमन्त्री सुशीला कार्कीले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि उनले पहिलो पटक राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी हुन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार उनले आज साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्नेछन् ।

जेनजी विद्रोहका बलमा गठित अन्तरिम सरकारका तर्फबाट प्रधानमन्त्री कार्कीले सम्बोधनका क्रममा सरकारका प्राथमिकता र वाचाहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा यसको तयारी भइरहेको छ । मुख्यसचिवसहित केही सचिवहरू पनि यसमा संलग्न छन् । सम्बोधनअघि आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्ने छ।

  • ९ आश्विन २०८२, बिहीबार ०७:४६ प्रकाशित