पोखरा ।
आज बिहीबार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ घटेको छ । हिजो बढेका सबै विदेशी मुद्राको भाउ आज घटेको हो ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १४२ रुपैयाँ २१ पैसा छ । हिजो हालसम्मकै सबैभन्दा महँगो बनेको अमेरिकी डलरको मूल्य आज केही घटेको छ ।
हिजो अमेरिकी डलर १ को खरिददर १४१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३२ पैसा थियो ।
त्यसैगरि आज युरो एकको खरिददर १६६ रुपैयाँ ४० पैसा र बिक्रीदर १६७ रुपैयाँ १० पैसा छ । हिजो युरो एकको खरिददर १६७ रुपैयाँ १४ पैसा र बिक्रीदर १६७ रुपैयाँ ८५ पैसा थियो ।
त्यस्तै आज पाउन्ड एकको खरिददर १९० रुपैयाँ ६५ पैसा र बिक्रीदर १९१ रुपैयाँ ४६ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १९१ रुपैयाँ ५० पैसा र बिक्रीदर १९२ रुपैयाँ ३१ पैसा थियो ।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९१ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९४ रुपैयाँ ०५ पैसा थियो ।
त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६४ रुपैयाँ ७५ र बिक्रीदर ४६६ रुपैयाँ ७२ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४६५ रुपैयाँ ११ र बिक्रीदर ४६७ रुपैयाँ ०८ पैसा थियो ।
आज बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ५८ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १७ पैसा छ । हिजो बहराइन दिनार एकको खरिददर ३७५ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ४६ पैसा थियो ।















