प्रदेश संरचना खारेज हुने सम्भावना छैन: अर्थमन्त्री खनाल

केन्द्रभाग मिडिया

मोरङ ।

अर्थमन्त्री रामेश्वर खनालले प्रदेश संरचना खारेज गर्ने कुनै सम्भावना नरहेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुरा गर्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका अर्थमन्त्री खनालले वर्तमान सरकार संविधानअनुसार सञ्चालन भएकाले प्रदेश खारेज गर्नेसम्बन्धी कुनै सोच नरहेको स्पष्ट पारे ।

खनालले ५ सय र १ हजार दरका नोट बन्द गर्ने चर्चामा सत्यता नभएको स्पष्ट पारेका छन् ।बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने विषयमा कुनै छलफल नै नभएको बताएका हुन् ।
रासस

  • ८ आश्विन २०८२, बुधबार १६:५६ प्रकाशित