सल्लाहाकार नियुक्तिमा कडाइ : अब पदाधिकारीले सल्लाहाकार राख्न नपाउने

केन्द्रभाग मिडिया

काठमाडौं

सरकारले सल्लाहाकार नियुक्तिमा कडाइ गरेको छ।मन्त्रिपरिषद्को निर्णय अनुसार अब राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्षले मात्रै सल्लाहकार नियुक्त गर्न पाउने छन्।

उल्लेखितबाहेक नेपाल सरकार, प्रदेश तथा स्थानीय तहका पदाधिकारीको लागि सल्लाहकार नियुक्ति गर्न नपाइने भएको छ।नेपाल सरकार, प्रदेश तथा स्थानीय तहमा स्वीकृत दरबन्दी बाहेकमा अस्थाई तथा करारमा कर्मचारी राख्‍न नपाउने व्यवस्था गरिएको छ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र राष्ट्रिय सभाका अध्यक्ष, प्रदेश प्रमुख, नेपाल सरकार तथा प्रदेश सरकारका मन्त्रीबाहेक सांसद लगायत अन्य राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा पनि खारेज गरिएको छ।

नेपाल सरकार र प्रदेश सरकारका मन्त्री र प्रदेश प्रमुखको स्वकीय सचिवालयमा बढीमा तीन जना मात्र नियुक्ति गर्न नपाइने निर्णय मन्त्रिपरिषद्ले गरेको छ।

  • ८ आश्विन २०८२, बुधबार १६:२० प्रकाशित