एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले केन्द्रीय कार्यालय बैठक बोलाएको छ ।

बैठक बुधबार दिउँसो ३ बजेपछि बस्ने गरी बोलाइएको कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए । महासचिव शंकर पोखरेलको नेतृत्वमा रहेको केन्द्रीय कार्यालयमा उपमहासचिव र सचिवहरू सहभागी हुन्छन् । एमालेमा ३ जना उपमहासचिव र ७ जना सचिव रहेका छन् ।

जनेजी आन्दोलनपछि एमालेका कुनै पनि औपचारिक बैठक बसेका थिएनन् । कार्यालय बैठकले भदौ २४ मा भएको आगजनी, तोडफोड र विध्वंसात्मक गतिविधिबाट पार्टी कार्यालयहरू र नेताहरूको निजी सम्पत्तिको क्षति सङ्कलन गरेर सार्वजनिक गर्ने बुझिएको छ । कार्यालय बैठकपछि केन्द्रीय सचिवालय बैठक समेत बोलाउने तयारी भएको एमाले नेताहरूको भनाई छ ।

  • ८ आश्विन २०८२, बुधबार १४:३० प्रकाशित