सुन तस्करका नाइके गोरे कारागार फर्किए

केन्द्रभाग मिडिया

काठमाडौं ।

३८ क्वीन्टल सुन तस्करीमा संलग्न भएको आरोप लागेका चुडामणि उप्रेती ९गोरे० कारागार फर्किएका छन् ।

यसअघि आफन्तमार्फत कारागार फर्किने सन्देश पठाएका गोरे अहिले भने कारागार फर्किसकेका छन् । उनी केही दिनअघि मात्रै कारागार फर्केको स्रोतले बताएको छ ।

जेनजी आन्दोलनको क्रममा उनीसहितका व्यक्ति २४ भदौमा सुन्धारा कारागारबाट भागेका थिए ।मोरङ, उर्लाबारीका सनम शाक्यको हत्याको अनुसन्धानका क्रममा प्रहरीले ९ माघ २०७४ मा दुबईबाट आएको साढे ३३ किलो सुन हराएपछि भरियाका रूपमा प्रयोग भएका शाक्यको हत्या भएको पत्ता लगाएको थियो ।

प्रहरी अधिकारीहरू नै सुन तस्करी प्रकरणमा संलग्न भएको आरोप लागेपछि गृहमन्त्रालयका तत्कालीन सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा छानबिन समिति बनाएर अनुसन्धान गरिएको थियो ।

छानबिन समितिले गोरे समूहले सन् २०१५ देखि २०१८ को फेबु्रअरीसम्म साढे ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालेको थियो ।

  • ७ आश्विन २०८२, मंगलवार १४:१५ प्रकाशित