काठमाडौं ।
सुख्खा पहिरो खस्दा धादिङमा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । बेनिघाट रोराङ गाउँपालिका १० स्थित ज्वाङखोला र तिङराङखानीको बिचमा पर्ने मलेखु मुग्लिन सडक खण्डको जवाङखोला सडकमा ठूलो पहिरो खसेको ले राजमार्ग अबरुद्ध भएको हो ।
गएराति सवा १० बजेदेखि नै सवारी दुईतर्फी नै अवरुद्ध भएको धादिङ प्रहरीले जनाएको छ ।
धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार सुरुमा सोमबार राति सवा १० बजेतिर सानो पहिरो खसेको थियो, त्यो पहिरो पन्छाएर सकिन लागेको बेला फेरि राति साढे ११ बजेतिर झन् ठूलो पहिरो त्यही ठाउँमा खस्यो । बिहान दुई बजेदेखि त्यो पहिरो पन्छाउँदै गर्दा विहान पाँच बजेतिर फेरि अर्को ठूलो पहिरो खसेको हो ।
पहिरो पन्छाउन हाल तीनवटा मेसिन प्रयोग भएको छ । पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्ने उनले बताए ।















