पोखरा ।
हाल मनसुनी वायूको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आँशिक प्रभाव छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।
कोशी प्रदेश, मधेश प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको पहाडी भूभागका तथा तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने छ ।
देशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।














