बानेश्वर र कोटेश्वरको प्रहरी कार्यालय आगजनी गर्ने ६ जना पक्राउ

केन्द्रभाग मिडिया

काठमाडौं।

जेनजी प्रदर्शनको क्रममा काठमाडौँको नयाँ बानेश्वर, कोटेश्वर र नरेफाँटको प्रहरी युनिटहरूमा आगजनी गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।

प्रदर्शन उग्र बन्दै गएपछि उच्छृङ्खल समूहले भदौ २४ मा प्रहरी वृत्त नयाँ बानेश्वर, प्रहरी प्रभाग कोटेश्वर र नरेफाँटमा आगजनी गरेका थिए ।

पक्राउ पर्नेमा रौतहट घर भएका १९ वर्षीय अंशु कुमार गुप्ता, सप्तरी घर भएका २८ वर्षीय देवराज राय ‘रवि’, सर्लाही घर भएका १८ वर्षीय मुकेश शाह ‘अजय’, धनुषा घर भएका १९ वर्षीय अजय कुमार शाह ‘हिरो’ र रौतहट घर भएका २४ वर्षीय लक्किबाबु जैसवाल छन् । रौतहटको गरुडा घर भएका १८ वर्षीय मोटे भन्ने शैरव यादव पनि पक्राउ परेका छन् ।

प्रहरी युनिटमा आगजनीपछि उनीहरुले लुटेको ग्याँस सेल र खोका पनि बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । आरोपीहरू कुनै पनि पार्टीमा आबद्ध देखिएका छैनन् । अधिकांश विद्यार्थी पृष्ठभूमिका छन् ।

  • ६ आश्विन २०८२, सोमबार १६:११ प्रकाशित