अन्ततः स्वास्थ्य मन्त्रीमा सिफारिस मिश्राको नाम काटियो

केन्द्रभाग मिडिया

काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री सिफारिस भएकी डा। संगीता कौशल मिश्राको नाम प्रधानमन्त्री सुशीला कार्कीले काटेकी छन् । आइतबार साँझ डा.मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेकी प्रधानमन्त्री कार्कीले उनको विवादास्पद विगत सार्वजनिक भएसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पठाएको मन्त्री नियुक्ति सिफारिसको फाइल फिर्ता मगाएकी थिइन् ।

सोमबार बिहान ७ बजे राष्ट्रपति कार्यालयबाट मन्त्री नियुक्तिका लागि सिफारिस गरिएको फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता पुगेको थियो । त्यसपछि त्यो फाइल सोमबार बिहान ९ बजे राष्ट्रपति कार्यालयमा फिर्ता पठाउँदा डा. मिश्राको नाम काटेर प्राप्त भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दिएको छ।

‘हिजो राति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आएको फाइलमा डा। संगीता कौशल मिश्राको नाम स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा सिफारिस भएर आएको थियो । त्यो फाइल कार्यालयले आज बिहान ७ बजे फिर्ता माग्यो । त्यो फाइल सच्चिएर बिहान ९ बजे कार्यालयमा फिर्ता आउँदा उहाँको नाम छैन,’ राष्ट्रपति कार्यालय स्रोतले भनेको छ ।

  • ६ आश्विन २०८२, सोमबार १३:४४ प्रकाशित