काठमाडौं ।
अन्तरिम सरकारी नवनियुक्र मन्त्रीहरूको शपथको समय एक घण्टा सरेको छ ।
अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका मन्त्रीहरूको शपथ दिउँसो २ बजेका लागि तय भएको थियो । उक्त कार्यक्रम ३ बजेसम्मका लागि सरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा। संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन् ।
तर, स्वास्थ्यमन्त्रीमा सिफारिस भएकी मिश्राको भने अन्तिम समयमा आएर ‘होल्ड’ हुने भएको छ । सो सँगै आज ४ जनाको मात्रै सपथ हुने भएको छ ।पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । हाल सरकारमा तीन जना मात्र मन्त्रीहरू छन् ।














