घटस्थापनाको दिन आज बढ्यो सुन–चाँदीको मूल्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

आज नेपालीहरुको महान चाड दशैंको पहिलो दिन घटस्थपनाको दिन आज स्थानीय बजारमा सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला सात सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

संघका अनुसार आइतबार दुई लाख १७ हजार एक सय रूपैयाँमा कारोबार सुन सोमबार दुई लाख १७ हजार ८ सय रूपैयाँ पुगेको छ।त्यस्तै, सोमबार चाँदीको मूल्य पनि प्रतितोला ३० रूपैयाँले बढेको छ।

आइतबार प्रतितोला २६ सय २० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार २६ सय ५० रूपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ३६ सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

  • ६ आश्विन २०८२, सोमबार ११:४८ प्रकाशित