पोखरा ।
आज सोमबार अमेरिकी डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ स्थिर छ । तर, अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका मुद्राको भाउ भने घटेको छ । कुबेती दिनारसहितका केही मुद्राको भाउ बढेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४० रुपैयाँ ६५ पैसा र बिक्रीदर १४१ रुपैयाँ २५ पैसा छ । हिजो र अस्ती पनि अमेरिकी डलरको विनिमयदर यही थियो ।
त्यसैगरि आज युरो एकको खरिददर १६५ रुपैयाँ २० पैसा र बिक्रीदर १६५ रुपैयाँ ९१ पैसा छ । हिजो युरो एकको खरिददर १६५ रुपैयाँ ३४ पैसा र बिक्रीदर १६६ रुपैयाँ ०५ पैसा थियो ।
त्यस्तै आज पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ४६ पैसा र बिक्रीदर १९० रुपैयाँ २६ पैसा छ । हिजो पाउन्ड एकको खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ६० पैसा थियो ।
त्यसैगरि आज अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९३ रुपैयाँ १४ पैसा छ । हिजो अस्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९३ रुपैयाँ २५ पैसा थियो । त्यसैगरि कुबेती दिनार एकको खरिददर ४६१ रुपैयाँ ३७ र बिक्रीदर ४६३ रुपैयाँ ३४ पैसा छ । हिजो कुबेती दिनार एकको खरिददर ४६० रुपैयाँ ५१ र बिक्रीदर ४६२ रुपैयाँ ४८ पैसा थियो ।
आज बहराइन दिनार एकको खरिददर ३७३ रुपैयाँ र बिक्रीदर ३७४ रुपैयाँ ५९ पैसा छ। हिजो पनि बहराइन दिनारको विनिमयदर यही थियो ।















