चितवन ।
तुईन खोला पुल नजिक पहिरो झर्ने क्रम अझैै नरोकिएकाले शुक्रबार साँझदेखि अवरुद्ध बनेको मुग्लिन–नारायणगढ सडकखण्ड सञ्चालनमा आउन सकेको छैन । पहिरो हटाउन सकस भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
कार्यालयका अनुसार शुक्रबार साँझ करिब ६स्३० बजेबाट निरन्तर पहिरो खसिरहेको छ । पहिरो खस्न नरोकिएपछि शनिबार साँझपछि रोकिएको पहिरो हटाउने कार्य आइत बार बिहानबाट सुरु भएको हो ।
यात्रुहरूलाई सुरक्षित स्थानमा बस्न र सडकमा अड्किएका सवारीसाधनलाई लेन अनुशासनमा राख्न कार्यालयले अनुरोध गरेको छ । सकभर वैकल्पिक सडकको प्रयोग गर्न पनि कार्यालयले आग्रह गरेको छ ।















