लोकगायक कृष्णप्रसाद गौतम अब चलचित्र निर्देशक

केन्द्रभाग मिडिया

पोखरा ।

लामो समय देखि नेपाली लोक भजन तथा लोकगीतमा काम गरेका लोकभजन गायक कृष्णप्रसाद गौतम अब चलचित्रको निर्देशक भन्ने भएका छन ।

करिब ६०० गीतको भिडियोमा गायन भिडियो निर्माता निर्देशक भइसकेका गौतमले नेपालमा हराउदै गइरहेको श्रीकृष्ण लिलामा आधारित नेपाली चलचित्र ‘कृष्ण लिला’ निर्देशक गर्ने भएका हुन् । पोखरा भजनचुड्का संरक्षण प्रतिष्ठान कास्कीले बनाउन लाएको चलचित्र दशैंको पुर्णिमाको भोलिपल्टबाट सुटिङ तय भएको छ । कास्की, पाल्पा र स्याङ्जाका विभिन्न स्थानमा सुटिङ हुने चलचित्र एकमहिनामा छायाकन सम्पन्न आचार्यले जानकारी दिए ।

भगबान कृष्णको जन्मसँगै राक्षस कंसको मरणसम्मको कहानी रहने चलचित्रमा सुरेद्र घिमिरेको पटकथा, निर्मातामा कृष्ण बहादुर बिश्बकर्मा, कार्यकारी निर्मातामा तुलसी अधिकारी, कृष्णप्रसाद गौतम र छायाकन श्रीकान्त सिग्देल रहेका छन् भने चलचित्रमा हाल मुख्य कलाकार शिब पराजुलीको मात्रै नाम सार्बजनिक भएको छ ।

करिब ८० जना कलाकारको साथ लिएर बनाउन लाएको चलचित्रलाई गायक गौतमले लामो समय अध्ययन गरेर मात्रै निर्देशकको काम गर्न लागेका हुन् ।

यहि बिधामा बिधाबारिधी गर्न लागेका उनले पोखरामा नै बिगत ४ बर्ष देखि नियमित श्रीकृष्न जन्म अष्टमीको दिन बालन देखाउदै आएका थिए । करिब ९० लाख रुपैयाँका लगानीमा बन्न लाएको चलचित्र नेपाल लगायत बिदेशमा समेत प्रर्दशन गरिने जनाइएको छ ।

  • ४ आश्विन २०८२, शनिबार १५:२२ प्रकाशित