क्षतिग्रस्त पार्टी कार्यालयमा कांग्रेसका शीर्ष नेताको बैठक जारी

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक अहिले बसिरहेको छ ।पार्टी केन्द्रीय कार्यालयमा उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बैठक बसिरहेको हो ।

२३ र २४ भदौमा भएको जेनजीको आन्दोलनपछि पहिलो पटक औपचारिक बैठक बसिरहेको हो ।प्रदर्शनकारीले आगजनी गरेका कारण कांग्रेस केन्द्रीय कार्यालय क्षतिग्रस्त बनेको छ । क्षतिग्रस्त कार्यालयमा पहिलोपटक आज बैठक बसिरहेको हो ।

आन्दोलनपछि कार्यसम्पादन समितिको बैठक एकपटक भर्चुअल बसेको थियो । पछिल्लो घटनाक्रमबारे छलफल गर्न बैठक बसेको जानकारी गराइएको छ ।

सभापति शेरबहादुर देउवा दम्पतीमाथि आन्दोलनका क्रममा कुटपिट भएको थियो । देउवा दम्पती अहिले उपचाररत छन् ।आन्दोलनका क्रममा कांग्रेसका अधिकांश शीर्ष नेताहरूको घरमा समेत क्षति पुर्‍याइएको छ ।

  • ३ आश्विन २०८२, शुक्रबार १३:५४ प्रकाशित