पोखरा ।
पोखरा महानगरका प्रमुख धनराज आचार्यले संविधानमा व्यवस्था भएअनुसार नागरिकका अधिकारहरूको प्रत्याभूतिका लागि पोखरा महानगरपालिका पूर्ण प्रतिबद्ध रहेको रहेको बताएका छन् । संविधान दिवसका अवसरमा अन्तर्राष्ट्रिय झण्डापार्कमा झन्डोत्तोलन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले राष्ट्रिय एकतालाई बलियो बनाउँदै समाजवाद उन्मुख समृद्ध राष्ट्र निर्माणका लागि संविधानको पूर्ण कार्यान्वयनमा जोड दिए ।
सामाजिक न्याय र सुरक्षित समाज निर्माणका लागि कानुनको पालकका रूपमा आमनागरिकहरुले समेत आफ्नो दायित्व बोध गर्नुपर्नेमा उनले जोड दिए । अधिकारसहित नागरिक कर्तव्यको पालनामा पनि उत्ति कै प्रतिबद्ध हुनुपर्ने उनले बताए।
संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रहरूका झन्डाहरू राखिएको पार्कमा नेपालको ठूलो झन्डा राखिएको छ ।














