अप्ठ्यारो परिस्थितिमा संबिधान बचाउन राष्ट्रपति सफल : प्रचण्ड

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले निकै अप्ठ्यारो परिस्थितिमा संविधानलाई बचाउन राष्ट्रपति रामचन्द्र पौडेल सफल भएको बताएका छन् । संविधान दिवसका अवसरमा पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा उनले अप्ठेरो अवस्थामा संविधान बचाउन सफल भएको भन्दै राष्ट्रपति पौडेललाई बधाई समेत दिए ।

जेनजी आन्दोलनपछि संसद् विघटन, संविधान खारेज र राष्ट्रपतिलाई हटाउने प्रयास भएको उनको भनाई छ । इतिहास र घटनाक्रमले फेरि यो प्रक्रियालाई कुनै न कुनै रुपले सहजीकरण गर्ने अबसर आफूलाई दिएको उनले दाबी गरे ।

‘इतिहासले, घटनाक्रमले र संयोगले मलाई फेरि यो प्रक्रियामा पनि कुनै न कुनै रूपले सहजीकरण गर्ने अवसर दियो’, प्रचण्डले भने, ‘संसद् विघटन मात्रै होइन संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन के कस्ता कसरत भयो भन्ने मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ ।’

उनले आफूले समस्याको सहजीकरणका लागि रातभर बसेर राष्ट्रपति रामचन्द्र पौडेलसहित सेनापति र अन्य दलका नेताहरुसँग संवाद गरेर अन्तरिम सरकार बनाएर संविधान बचाउन भूमिका खेलेको उनको भनाई छ ।

  • ३ आश्विन २०८२, शुक्रबार १०:२१ प्रकाशित