काठमाडौं ।
निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा नेपाली सेनाको सुरक्षाबाट बाहिर आएका छन् । शिवपुरीस्थित सेनाको स्टाफ कलेजमा २४ भदौ देखि बस्दै आएका ओली बिहीबार बाहिर निस्किएका हुन् ।
एमाले स्रोतका अनुसार ओली भक्तपुरको गुन्डु क्षेत्रमा घर भाडामा लिएर बस्न थालेका छन् । गत २४ भदौमा जेनजी पुस्ताको आन्दोलनका क्रममा अध्यक्ष ओलीको बालकोटस्थित घरमा आगजनी भएको थियो ।
आगजनीमा परेर निवर्तमान प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र डा. बाबुराम भटराईसहित अन्य कही शीर्ष नेताहरु घरबार विहिन भएका छन् ।














