काठमाडौं ।
डा. सीके राउत नेतृत्वको जनमत पार्टीका केन्द्रीय तहका ६ नेताले पार्टी परित्याग गरेका छन् ।
पार्टी अध्यक्ष राउतलाई २४ घण्टाभित्र पदबाट राजीनामा दिन हिजो अल्टिमेटम दिएका ६ नेताले बिहीबार ९आज० साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गरेका हुन् ।
उपाध्यक्ष अब्दुल खान, प्रवक्ता डा। शरदसिं यादव, युवा संघका केन्द्रीय संयोजक सीके सिंह, सुदूरपश्चिम इञ्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रमबहादुर बमले पार्टी छाडेका हुन् ।
पार्टी अध्यक्षलाई राजीनामा दिन अल्टिमेटम दिएपछि राउतले सामाजिक सञ्जालमा पार्टी छोड्न उपयुक्त समय भएको बताएका थिए ।पार्टी परित्यागको घोषणा गरेका प्रवक्ता डा।शरदसिंह यादवले भने, ‘हामी पार्टी खोल्न भनेर राजीनामा दिएका होइनौं । उहाँलाई सजिलो होस् भनेर पार्टी छोड्यौं ।’
















