बुटवल ।
जेनजी आन्दोलनको मौका पारेर कपिलवस्तु कारागारबाट गत बुधबार भागेका कैदीबन्दीहरू मध्ये एक हप्ताको अवधिमा २११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले कपिलवस्तु कारागारबाट भागेका मध्ये २११ जनालाई नियन्त्रणमा लिइएको बताए ।
उनका अनुसार प्रहरीले अन्य कारागारबाट भागेका २० जनालाई पनि नियन्त्रण लिएको छ । जेनजी आन्दोलनको क्रममा कैदीबन्दीहरूले जेल तोडेर भागेका थिए ।















