बलात्कार पीडित युवतीको उपचारको क्रममा ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं।

धादिङमा बलात्कार पीडित युवतीको उपचारको क्रममा ज्यान गएको छ । भदौ २५ मा निलकण्ठ नगरपालिका वडा नम्बर–११ मा दिदीको घरमा जाँदा २९ वर्षीया महिलामाथि बलात्कार भएको थियो ।

स्वास्थ्य समस्या भएपछि परिवारले उनलाई जिल्ला अस्पताल धादिङमा भर्ना गरेर उपचार गराउँदै थिए । शरीरमा रगतको मात्रा कम भएर बुधवार पीडितको ज्यान गएको अस्पताल स्रोतले जनाएको छ ।

बलात्कारमा संलग्न आरोपी फरार छन् । आरोपीको पहिचान खुलेको र खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका डीएसपी सुवास हमालले जानकारी दिए । परिवारका सदस्यहरूले बलात्कारमा अनुसन्धान गर्न जाहेरी दिएका छन् । त्यस्तै, पीडित युवतीका आफन्तहरूले अस्पतालको तापरवाहीका कारण उनको मृत्यु भएको दाबी गरेका छन् ।

  • १ आश्विन २०८२, बुधबार १२:३६ प्रकाशित