पोखरा ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल अरब सागर तथा बङगालको खाडिबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना छ ।
कोशी प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशका तराइका भूभागका एक-दुई स्थानम भारी वर्षाको सम्भावना छ ।
आज राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा साधारणतया बदली रहि बाँकी भूभागमा आँशीक बदली रहने छ ।
मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी केही स्थानहरुमा तथा बाँकी भूभागका थोरै स्थानहरुमा मध्यम वर्षाको सम्भावना छ ।
मधेश प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानम भारी वर्षाको सम्भावना छ।














