पोखरा उद्योग वाणिज्य सङ्घले निकाल्यो शान्तियात्रा

केन्द्रभाग मिडिया

पोखरा ।

जेनजी प्रदर्शनपछि पनि निरन्तर अशान्त गतिविधि चलिरहेको अवस्थामा पोखराको जेठो सामाजिक संस्था पोखरा उद्योग वाणिज्य सङ्घले शान्तियात्रा निकालेको छ । सङ्घले मंगलबार पोखरामा शान्तियात्रा निकालेको हो ।

यात्रामा पोखराका उद्योगी, व्यवसायीसँगै सामाजिक व्यक्तिहरू सहभागी थिए । ुपरिवर्तन भैसकेको छ । अब देशमा नयाँ सरकार आइसकेको छ । अब फेरि शान्ति खोज्नु छ,ु संघका अध्यक्ष गोकर्ण कार्कीले भने, ुआन्दोलनमा घुसपैठबाट लुटपाट, आगजनी भएको छ । सार्वजनिकदेखि निजी सम्पत्तिमा क्षति भएको छ । अब शान्ति कायम हुनुपर्छ भनेर यात्रा निकालिएको हो ।ु

उनले संयततापूर्वक व्यवसाय चलाउन व्यवसायीसँग आग्रह गरे । शान्ति र अमनचयन कायम गराउन सरकारलाई निजी क्षेत्रको तर्फबाट पूर्ण साथ दिइने सहभागीहरूले प्रतिबद्धता जनाएका छन् । पोखरामा दर्जनौं व्यवसायीक प्रतिष्ठानमा आगजनी र तोडफोड भएको छ । व्यवसायीहरू यसबाट प्रताडित छन्

  • ३१ भाद्र २०८२, मंगलवार १३:४७ प्रकाशित