पोखरा ।
पोखरा जगदम्भा ट्राभल्स एण्ड टुर्सले यात्रुका लागि छुट प्याकेज घोषणा गरेको छ । नेपालीहरुको महान चाड दशैंको अवसरमा यात्रुहरुलाई विभिन्न प्याकेजमा छुटको व्यवस्था गरेको पोखरा जगदम्भा ट्राभल्स एण्ड टुर्सकाका इन्चार्ज अमृत काफ्लेले जानकारी दिए ।
उनका अनुसार दिवा सेवामा २५०० सय रुपैयाँ भाडा रहेकामा त्यसको ८ प्रतिशत भाडा छुटको व्यवस्था गरिएको हो । जसमा यात्रुले खाना, खाजा, कोल्डड्रिंस, वाइफाई र वासरुम लगायतका सेवा प्राप्त गर्छन ।
रात्रीकालिन सेवामा जम्मा २ हजार रुपैयाँ भाडा रहेकोमा त्यसको १० प्रतिशत भाडा छुट गरिएको उनले जानकारी दिए । रात्रीकालिन सेवामा खाजा, कोल्डड्रिंस, वाइफाई र वासरुम लगायतका सुविधा छन् । भिआइपी सोफासहितका सुविधा रहेका पोखरा जगदम्भा टुर्स एण्ड ट्राभल्सको सेवा यात्रुहरुले अत्याधिक रुपमा रुचाउने गरेका छन् ।
पोखरा जगदम्भा टुर्स एण्ड ट्राभल्सले पोखरा- काठमाडौं, काठमाडौं- पोखरा र पोखरा- विरगञ्ज, विरगञ्ज- पोखरा स्तरीय बस सेवा सञ्चालन गर्दे आएको छ ।














