पोखरा ।
पोखरा महानगरपालिकाकाले यहि भदौं २४ गते भएको जेन्जी आन्दोलनको क्रममा चोरी तथा लुटपाट भएका सामानहरु फिर्ता गर्न आग्रह गरेको छ ।
आन्दोलनको क्रममा पोखरा महानगरपालिका, वडा कार्यालय र मातहतका अन्य कार्यालयहरूबाट ठुलो मात्रामा सामाग्रीहरू लुटपाट तथा चोरी भएको हो ।
उक्त चोरी तथा लुटपाटको दृश्यहरू सिसिटिभी फुटेज र विभिन्न सामाजिक सञ्जालमा सार्वजनिक गरिएका फोटो तथा भिडियोहरूबाट पुष्टि हुन आएको महानगरपालिकाले जनाएको छ ।
उक्त चोरी गरिएका सामाग्रीहरू यथाशीघ्र पोखरा सभागृहमा बुझाउन महानगरपालिकाले अनुरोध गरेको छ । अन्यथा अनधिकृत कार्यमा संलग्नहरूको पहिचान गरी प्रचलित कानुन बमोजिम कारबाही गरिने महानगरपालिकाले चेतावनी दिएको छ ।















