पोखरा ।
जेनजी पुस्ताको प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरुको स्मरणमा पोखराको पृथ्वीचोकमा दीप प्रज्वलन गरिएको छ । ज्यान गुमाएका जेनजी जेनजीहरुको आत्माको शान्तिको कामना गर्दै पृथ्वी होटल व्यवसायी समितिको आयोजनामा सोमबार साँझ दीप प्रज्वलन गरिएको हो ।
उनीहरुले प्रदर्शनमा ज्यान गुमाएकाहरुको स्मरणमा मौनधारण गर्दै देशमा भ्रष्टाचार र कुशासनको अन्त्य हुने अपेक्षा गरे । पृथ्वी होटल व्यवसायी समितीका अध्यक्ष मोति श्रेष्ठले देशमा अब फेरी भ्रष्टाचार र कुशासनको विरुद्ध आन्दोलन गर्न नपरोस् । देशमा शान्ति छाओस् र ज्यान गुमाएका जेनजीको सपना पूरा होस् भन्ने कामनासहित दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको जानकारी दिए ।
दीपप्रज्वलन कार्यक्रममा समितका संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष, निवर्तमान अध्यक्षसहित समिति सदस्यका साथै संस्थामा अबद्ध सदस्यहरुको समेत सहभागीता थियो ।















