काठमाडौं ।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल विस्तार गरेकी छन् । पदभार ग्रहण गरेकै दिन उनले तीन सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेकी हुन् ।
अधिवक्ता एवं अधिकारकर्मी ओमप्रकाश अर्यालले गृहका साथै कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् । पूर्वअर्थसचिव रामेश्वर खनालले अर्थ मन्त्रालय सम्हाल्ने भएका छन् ।
यस्तै नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले तीनवटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनले अब भौतिक पूर्वाधार तथा निर्माण मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र सहकारी विकास मन्त्रालय सम्हाल्नेछन् ।
प्रधानमन्त्री कार्कीले मन्त्रिमण्डल गठनका लागि सिफारिस शीतलनिवासमा गएर राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गरिसकेकी छन् । नवनियुक्त मन्त्रीहरुको शपथ भोलि सोमबार हुने शीतलनिवास स्रोतले जानकारी दियो ।














