वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौं ।

वरिष्ठ अधिवक्ता सविता भण्डारी बराल महान्यायाधिवक्ता नियुक्त भएकी छन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई महान्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

नेपालको इतिहासमा सविता भण्डारी बराल पहिलो महिला महान्याधिवक्ता बनेकी हुन् । वरिष्ठ अधिवक्ता बराल नेपाली कानुनी इतिहासका पहिलो पुस्ताका कानुन व्यवसायी कृष्णप्रसाद भण्डारीकी छोरी पनि हुन् ।

उनले यसअघि राष्ट्रिय सूचना आयोगको आयुक्त भएर पनि काम गरेकी छन् । सुशीला कार्की पहिलो महिला प्रधानमन्त्री भएर इतिहास बनेसँगै उनकै पालामा पहिलो महिला महान्यायाधिवक्ताको कीर्तिमान पनि बनेको हो ।

  • २९ भाद्र २०८२, आईतवार १९:३७ प्रकाशित