काठमाडौं जिल्ला अदालतको सम्पूर्ण सेवा स्थगित

केन्द्रभाग मिडिया

A view of Kathmandu District Court in Babarmahal, Kathmandu. Photo: Nishant Pokhrel/THT Online

काठमाडौं।

काठमाडौं जिल्ला अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवाहरू स्थगित गरेको छ । आइतबार अदालत प्रशासन शाखाले एक विज्ञप्ति जारी गर्दै जेएनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण अदालत पूर्णरुपमा जलेको बताउँदै सम्पूर्ण सेवा स्थगित गरिएको जानकारी दिएको हो ।

यसबाट सरोकारवाला तथा सेवाग्राहीहरूमा पर्न गएको असुविधाका लागि अदालतले दुःख व्यक्त गरेको छ ।

  • २९ भाद्र २०८२, आईतवार १६:०८ प्रकाशित