आज सुनको मूल्य कति छ ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली बजारमा आइतबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य ७०० रुपैयाँ घट्दै तोलामा ८२ लाख १५ हजार १०० रुपैयाँ कायम भएको हो ।

शुक्रबार भने छापावाल सुनको मूल्य तोलामा ८२ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

  • २९ भाद्र २०८२, आईतवार १०:५९ प्रकाशित