पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री नियुक्त

केन्द्रभाग मिडिया

काठमाडौं ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएकी छिन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा–६१ अनुसार कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

देशको पहिलो महिला प्रधानन्याधीश कार्कीे देशको पहिलो महिला प्रधानमन्त्री बनिन् । उनलाई केहीबेरमा शपथ गराउने तयारी छ ।

राष्ट्रपति भवनमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, मुख्यसचिव एकनारायण, सरकारी उच्च पदस्थ कर्मचारी, जेनजीका प्रतिनिधिहरू तथा कूटनीतिक नियोगका प्रतिनिधिहरू पुगेका छन् ।

साथै नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुख पनि शीतलनिवास पुगेका छन् । शपथअघि नियुक्तिपत्रको मस्यौदा, शपथ ग्रहण र त्यसलगत्तै पहिलो मन्त्रिपरिषद्ले गर्ने निर्णयको मस्यौदाको गृहकार्य भइरहेको छ ।

  • २७ भाद्र २०८२, शुक्रबार २१:२७ प्रकाशित